७ बैशाख २०८१, शुक्रबार
Header

देशका विभिन्न भागमा भारी बर्षा हुने, सर्तक रहन आग्रह


प्रकाशित: शनिवार, ३२ साउन २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । शनिवारदेखि ३ दिनसम्म देशका विभिन्न भागामा भारी बर्षा हुने मौसमविद्ले जनाएको छ । 


मौसमविद्का अनुसार ठूला र साना नदीहरुमा पानीको बहाव बढ्ने भएकाले सतर्क रहन समेत सचेत गरेको छ । 


पश्चिमी पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ भने शनिबार दिउँसो पनि पूर्वी तथा मध्यपहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।


शनिबार र आइतबार कन्काई, कमला, बागमती र महाकाली नदीमा बहाव बढ्ने अनुमान गरिएकाले सो क्षेत्रका कन्काई, कमला, बागमती र महाकालीमा बहाव बढ्ने संभावना रहेको छ । 


त्यसैले झापा, मोरङ, ईलाम, उदयपुर, सिन्धुली, कैलाली, कञ्चनपुर लगायत जिल्ला भई बहने नदीमा बाहव बढ्ने, केही साना नदीमा आकस्मिक बहावको संभावना हुनेछ । 


धनगढीमा सबैभन्दा बढी वर्षा हुने मौसमबिदको अनुमान रहेको छ । मौसम विज्ञान विभागका अनुसार धनगढीमा सबैभन्दा बढी २९ मिलिमिटर पानी परेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD