१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

देव विकास बैंकको १८ करोड घोटला प्रकरणमा थप १० जना पक्राउ


प्रकाशित: सोमबार, १६ भाद्र २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । दाङ घोराहीको देव विकास बैंकको १८ करोड घोटला प्रकरणमा थप १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


पक्राउ परेका बैंकका प्रबन्धक समिर बुढाथोकीको बयानको आधारमा प्रहरीले घोराही–१० का ४७ वर्षीय वसन्तबहादुर बस्नेत, सोही ठाउँका २६ वर्षीय अर्जुन बस्नेत, सोही ठाउँकै ४५ वर्षीय झगबहादुर डिसी, ३७ वर्षीय उज्वल आचार्य पक्राउ परेका छन ।


त्यसैगरी ५४ वर्षीय सतकुमार पौडेल, घोराही–८ का ४३ वर्षीय वसन्त बुढाथोकी, घोराही–१४ की २४ वर्षीया बन्धना गुप्ता, घोराही–१५ का ३८ वर्षीय वीरेन्द्रकुमार गुप्ता, घोराही–१० का ४५ वर्षीय सक्टुराम गुप्ता र घोराही उपमहानगरपालिका वडा नं. १४ का ३१ वर्षीय विजयकुमार गुप्तालाई पक्राउ गरेको हो । 


प्रहरीले आईतबार उनीहरुलाई सार्वजनिक गरेको थियो ।  घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुर बजारस्थित बैंकको करिब १८ करोड रकम हिनामिना भएको थियो ।


सो आरोपमा प्रहरीले प्रबन्धक समीर बुढाथोकीलाई प्रहरीले भदौ ३ गते नै पक्राउ गरी कार्वाही अघि बढाएको छ । प्रबन्धक बुढाथोकीलाई देव बैंकको १७ करोड ९९ लाख ९० हजार रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । 


बुढाथोकीले नक्कली ऋणी खडा गरेर उनले रकम हिनामिना गरेको प्रारम्भिक अनुसन्धानबाट खेलेको अधिकारीहरुले बताएका छन । 


प्रहरीका अनुसार उक्त घोटला रकम बैंकबाट ट्रान्सफर गरेर दसै जनाले पटक–पटक उक्त रकम निकासा गरेको देखिएको अनुसन्धान प्रहरीले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex