५ जेठ २०८१, शनिबार
Header

देव विकस बैंकको २ करोड ७१ लाख घोटला गर्ने ८ जना पक्राउ


प्रकाशित: सोमबार, १४ माघ २०७५, १८ः१० बजे
- महानगरखबर

काठमाडौं । देव विकास बैंकको २ करोड ७१ लाख ७६ हजार घोटला गर्ने ९ जनालाई केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले पक्राउ गरेको छ । 


सिआईबीका अनुसार मुख्य योजनाकार काभ्रेको भुम्लु गाउँपालिका १ का नारायणबहादुर श्रेष्ठसहित ९ जना पक्राउ परेका हुन ।


पक्राउ पर्नेहरुमा भुम्लुकै बालकृष्ण श्रेष्ठ, चेतबहादुर श्रेष्ठ, विकास श्रेष्ठ, नवीन श्रेष्ठ, कृष्णबहादुर खत्री, नरेशमान सिंह अमात्य र देव विकास बैंकका तत्कालिन शाखा प्रबन्धक सरिन शंकर श्रेष्ठ रहेका छन । 


उनीहरुले गाडीको नक्कली ब्लुबुक देखाएर बैंकबाट सो ऋण लिई घोटाला गरेको हो । प्रतिलिपी ब्लुबुकमा गलत विवरण भरी देव विकास बैंकमा धितो राखेर ११ जना ऋणीहरुको नाममा ऋण निकाल्न सफल भएका थिए । 


उनीहरुले विभिन्न व्यक्तिहरुलाई ऋणी बनाई १६ वटा कर्जा फाईल तयार गरी २ करोड ७१ लाख ७६ हजार रुपैयाँ ऋण निकालेका थिए । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD