१५ बैशाख २०८१, शनिबार
Header

देगः बचतको ११ औं साधारणसभा सम्पन्न


प्रकाशित: शनिवार, २३ असोज २०७८, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । देगः बचत तथा ऋण सहकारी संस्था लिमिटेड गत शनिवार एघारौ बार्षिक साधारणसभा सम्पन्न भएको छ । 


काठमाडौंको क्षेत्रपाटीस्थित आयोजित सभामा संस्थाले प्रस्तुत गरेको विषय तथा प्रस्तावलाई अनुमोदन गरिएको सहकारीले जनाएको छ । 


सभाले लेखा समितिको २०७७/०७८ को प्रतिवेदन, आ.व. २०७७/०७८ को लेखा परीक्षण प्रतिवेदन, बार्षिक प्रतिवेदन, आ.व. २०७८/०७९ को प्रस्तावित आय–व्यय प्रतिवेदन अनुमोदन गरेको छ । 


त्यसैगरी सञ्चालक समिति, लेखा समिति तथा अन्य उपसमितिहरुले गरेको निर्णय अनुमोदन, आ.व.२०७८/०७९ का लागि लेखा परीक्षक नियुक्ती तथा निजको पारीश्रमिक निर्धारण, निष्क्रिय शेयर सदस्यहरुलाई निलम्बन गर्ने सम्बन्धमा, शेयर लाभांश कोष र संरक्षित पूँजी फिर्ता कोष विवरण सम्बन्धमा, साधारणसभाको निर्णय पुस्तिकामा प्रमाणित गर्ने विषयहरु सभाले पारित गरको छ । 


सभाले नेपाल सहकारीको बैंक लि.को शेयर खरिद सम्बन्धमा, विप्रेषण सेवा बन्द गर्ने , विविधमा क) कर्वस तालिम, ऋण उपसमिति सदस्य सम्बन्धमा, कर्मचारी उपदान, कार्यकारी प्रमुखको भत्ता सुविधा समायोजन सम्बन्धमा प्रस्ताव पनि पारित गरेको छ । 


सभामा २०७८ असार मसान्त सम्म भएको कारोवार, पुँजी, शेयर वासलात समेत प्रस्तुग गरेका थिए । संस्थाको शेयर पूँजी ६९ लाख ७४ हजार, जगेडा कोष तथा सञ्चित नाफा ४६ लाख ६७ हजार ४९९ रुपियाँ ३८ पैसा, निक्षेप हिसाव ७ करोड ८९ लाख ८८ हजार ५३१ रुपियाँ ७३ पैसा उल्लेख गरिएको छ ।


त्यसैगरी चालु दायित्व तथा व्यवस्था ६ लाख ८१ हजार ९३० रुपियाँ ४४ पैसा, कर्जा जोखिम व्यवस्था कोष १० लाख २ हजार ४६७ रुपियाँ १२ पैसा तथा स्थगत कर सम्पती (दायित्व) २८ हजार ६०० रुपियाँ गरी कुल कारोवार ९ करोड २३ लाख ४३ हजार २८ रुपियाँ ६८ पैसाको कारोवार भएको छ । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD