७ बैशाख २०८१, शुक्रबार
Header

देउवा सरकारको मन्त्रिपरिषद् विस्तार


प्रकाशित: शुक्रवार, २२ असोज २०७८, १७ः२० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व गठबन्धन सरकारको विस्तार भएको छ । 


शुक्रवार प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेकी छन । 


गत असार २९ गते गठित मन्त्रिपरिषद्‍को विस्तार झण्डै तीन महिना पुग्न लागेको बेला भएको हो । 


नयाँ गठित मन्त्रिपरिषद्अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री, बालकृष्ण खाँण गृह, ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचना प्रविधि, पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ, राजेन्द्रप्रसाद श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन रहेका छन । 


त्यसैगरी विरोध खतिवडा स्वास्थ्य तथा जनसङ्ख्या, जनार्दन शर्मा अर्थमन्त्री डा. मीनेन्द्रप्रसाद रिजाल रक्षा, उमाकान्त चौधरी खानेपानी, डा नारायण खड्का परराष्ट्र, रेणुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात, प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, दिलेन्द्रप्रसाद बडू कानून, न्याय तथा संसदीय मामिला, देवेन्द्र पौडेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएका छन ।


महेन्द्रराय यादव कृषि तथा पशुपन्छी विकास, उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, शशी श्रेष्ठ भूमि व्यवस्था, रामकुमारी झाक्री सहकारी तथा गरिबी निवारण, गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्ति, रामसहायप्रसाद यादव वन तथा वातावरण, कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षा, महेश्वरजंग गहतराज युवा तथा खेलकूदमन्त्रीमा नियुक्त भएका छन ।


ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचनाप्रविधि मन्त्री बनेका छन भने भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री  र बोधमायाकुमारी यादव शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री  नियुक्त भएका छन ।
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले भने प्रधानमन्त्री कार्यालयको जिम्मेवारी पाएका छन । 


गठबन्धन सरकारमा नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजावादी, जनता समाजवादी पाटी रहेका छन । 

 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD