काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार सिंगापुर जाने भएका छन ।
आज राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत पत्नी आरजु राणासहित त्यता जान लागेको सचिवालयले जनाएको छ ।
पेटको उपचारपछि फलो अपको लागि त्यसतर्फ जान लागेको हो । २÷२ वर्षमा फलोअपमा जानुपर्नेमा अहिले ३ वर्षमा जान लागेको सचिवालयको भनाइ छ ।
एक सातापछि स्वेदश फर्केने कार्यक्रम रहेको सचिवालयले बताएको छ ।
Categorized in राष्ट्रिय