१० भाद्र २०८३, बुधबार
Header

देउवाले चन्द्र भण्डारीसहित ८ जना केन्द्रीय सदस्य मनोनित गरे


प्रकाशित: विहिवार, ४ असोज २०८०, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुल्मीका सांसद चन्द्र भण्डारीसहित थप ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन । 


केन्द्रीय सदस्यमा मनोनित हुनेहरमा अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, काभ्रेका शिवप्रसाद हुमागाई, बागलुङका किरणराज शर्मा पौडेल, रुपन्देहीका भरतकुमार शाह, कास्कीका शारदा पौडेल र पर्साका अनिलकुमार रुंगटा रहेका छन ।


सभापति देउवाले कांग्रेस विधानको धारा २१ को उपधारा १० बमोजिम बिहीबार ८ जनालाई केन्द्रीय समितिमा मनोनित गरेका हुन ।


यस अघि भण्डारी १४ औं महाधिवेशनमा उपसभापतिमा पराजित भएका थिए । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex