काठमाडौं । नेपाली कांग्रेसका सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापाले संदीय दलको उम्मेदवारी दर्ता गराएका छन ।
सिंहदरवारस्थित मंगलवार दलको संसदीय कार्यलयमा सभापति देउवा र महामन्त्री थापाले संसदीय दलको नेता हुन आ–आफ्नो उम्मेदवारी दिएका हुन ।
उम्मेदवारी दर्ता गराएपछि महामन्त्री थापाले देउवालाई उम्मेदवारी दर्ता पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवालई उम्मेदारी फिर्ता लिन आग्रह गरेका छन ।
उनले भने,‘ यो क्षणमा म विश्वास गर्छु, अपेक्षा गर्छु र अनुरोध गर्छु, मेरो श्रदेय सभापति सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवा जसले भर्खर मात्र उम्मेदवारी दर्ता गराउनु भएको छ, मेरो उहाँ आग्रह छ, अबको २ घण्टाको उम्मेदावरी फिर्ताको सयम छ, यो बेलामा एक छिन यसलाई शान्त चित मनन गरेर आज उहाँले फिर्ता लिने कुरा नेपाली कांग्रेसको जिवनमा एतिहासिक निर्णय हुन्छ, यसले नेपाली कांग्रेसभित्र नयाँ उत्साहको सञ्चार गछर्, यो विषयको उहाँलाई मनन गर्न आग्रह गर्न चाहन्छु ।’

थापाले प्रस्तावक समर्थकमा नेता शेखर कोइराला तथा प्रस्तावाकमा धनराज गुरूङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेललाई आभार प्रकट गरे ।
त्यस्तै, देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का छन ।
बेलुका ४ बजेसम्म उम्मेदरवारविरुद्ध उजुरी दिन पाइनेछ भने साढे ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन पाइनेछ ।
बेलुका पौने ६ बजे उम्मेवारको अन्तिम नामावली प्रकाशन भएपछि भोलि (बुधबार) बिहान ८ बजेदेखि १० बजेसम्म संसदीय दलको नेताका लागि मतदान हुनेछ ।
निर्वाचनमा ८९ सांसदले मतदान गर्न पाउँछन । विजेताले ५१ प्रतिशत अर्थात ४५ मत ल्याउनुपर्ने हुन्छ ।
Categorized in राष्ट्रिय