काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोली (मंगलवार) हुने केन्द्रिय समितिको बैठक लाइभ गर्ने प्रस्ताव गरेका छन ।
सोमवार देउवा निवास धुम्बाराहीमा बोलाइएको वर्तमान पदाधिकारी र पूर्व पदाधिकारीहरुको भेलामा देउवाले सो प्रस्ताव गरेका हुन ।
मंगलवार दिउँसो १ बजे आव्हान गरिएको केन्द्रिय बैठकका लागि ९ वटा ऐजण्डा तय भएको छ । समसामयिक, नीति महाधिवेशन, अनुशासनको विषय, लगायतमा छलफल हुने भएको छ ।
Categorized in राष्ट्रिय