काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले सञ्चारमन्त्री गोकुल बास्कोटाको निर्देशनमा राजीनामा दिएका छन ।
यस अघि नेकपाका केन्द्रिय सदस्यहरुले झाको राजीनमा माग गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएका थिए ।
झाले नेकपा केन्द्रिय नेताहरुले आफ्नो मानहानी गरेकोभन्दै अदालतमा मानहानी मुद्दा हाल्ने चेतावनी दिएका थिए ।
नेकपाको स्थायी कमिटी बैठकमा समेत झाको नियुक्तिलाई लिएर सरकार र पार्टी नेतृत्वको चर्को आलोचना भएपछि झाको राजीनामा आएको स्रोतको दावी छ ।
Categorized in प्रबिधि