२४ बैशाख २०८१, सोमबार
Header

दूधको मूल्य प्रतिलिटर रु १० बढ्यो


प्रकाशित: शुक्रवार, १९ फागुन २०७९, १८ः२० 
- महानगरखवर

काठमाडौं । सरकारले दूधको मूल्य प्रतिलिटर रु १० बढाएको छ । 


शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको हो । 


किसानले पाउने दूधको न्यूनतम मूल्य अब प्रतिलिटर ५६ रुपैयाँ ४० पैसा बाट बढेर ६५ रुपैयाँ ५० पैसा बनाउने निर्णय भएको छ । 


उपभोक्तालाई दूधको मूल्य कम्तीमा प्रतिलिटर १० रुपैयाँ बढ्नेछ । सरकारी स्वामित्वको डीडीसीले हाल फ्याट निकालिएको निलो प्याकेटको दूध प्रतिलिटर ८६ रुपैयाँमा बिक्री गर्दै आएको छ । 


अब सो दूधको मूल्य ९६ रुपैयाँभन्दा बढी पर्नेछ । दूधको मूल्य बढेपछि दुग्धजन्य अन्य वस्तु दही, पनिर, घ्यु लगायतको पनि मूल्य बढ्न जानेछ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD