७ बैशाख २०८१, शुक्रबार
Header

दूधको मूल्यमा रु एक थप गरी प्रतिलिटर १० पुगाईयो


प्रकाशित: शुक्रवार, २८ माघ २०७८, १४ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल डेरी एसोसियसन र डेरी उद्योगले दूधको मूल्य प्रतिलिटर रु १० रुपियाँ बृद्धि गर्ने घोषणा गरेका छन । 


शुक्रवार पत्रकार सम्मेलन गरेर दूधको प्रतिलिटर मूल्य १० रुपैयाँले बढाएर ८६ रुपैयाँ कायम गरेको जानकारी दिएको छ । 


यस अघि सरकारी स्वमित्वको दूग्ध विकास संस्थान (डिडिसी)ले प्रतिलिटर रु ९ कायम गरेकेमा सो लाई मान्य नसकिने भन्दै नयाँ मूल्य घोषणा गरेको डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले जानकारी दिए । 

यसअघि स्ट्यान्डर्ड प्रशोधित दूधको प्रतिलिटर बजार मूल्य ७६ रुपैयाँ थियो भने ५०० एमएलको एक प्याकेटको मूल्य ३८ रुपैयाँ थियो । अब पाँच सय एमएलको एक प्याकेटको खुद्रा बिक्री मूल्य ४३ रुपैयाँ कायम भएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD