८ बैशाख २०८१, शनिबार
Header

दूधको मुल्य बढ्यो, प्रति पाकेट ३८, लिटरको ७६ रुपियाँ


प्रकाशित: विहिवार, १९ भाद्र २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । शनिवारदेखि लागु हुने गरी दूधको मूल्यमा प्रति लिटर रु ६ रुपियाँ बढेको छ । 


कृषिमन्त्री चक्रपाणी खनालले दूधको मूल्य लिटरमै ६ रुपैयाँ बढाउन सहमति दिएपछि दुग्ध विकास संस्थानको विहिबार बसेको बैठकले दूधको मूल्य ६ रुपैयाँ बढाउने निर्णय गरेको हो ।  


संस्थानका संचालक समिति सदस्य शितलकाजी श्रेष्ठले दिएको जानकारी अनुसार अव दूध लिटरको ७६ रुपैयाँ पुग्नेछ भने एक प्याकेट दूधको मूल्य ३८ रुपैयाँ पर्नेछ ।


किसानले दूधको मुल्य बृद्धि नगरे हड्तालको घोषणा गरेपछि कृषिमन्त्री खनालको संयोजकत्वमा चार दिन अघि राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ र निजी डेरीहरुको संस्थाबीच भएको छलफलमा मूल्य बढाउन सहमति भएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD