२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

दुुर्गा प्रसाई पक्राउ, सचिवालयले भन्यो– आत्मसमर्पण 


प्रकाशित: विहिवार, २८ चैत्र २०८१, १०ः०५ बजे
- महानगरखवर

काठमाडौं । फरार रहेका दुुर्गा प्रसाई भारतमा पक्राउ परेका छन । 


गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजवादी प्रदर्शनको क्रममा भएको घट्नापछि फरार रहेका प्रदर्शनका कमाण्डर प्रसाईलाई प्रहरीले पक्राउ गरेको हो ।

 
फरार रहेका प्रसाईले यसबीचमा सामाजिक सञ्जालबाट आफु नेपालमै रहेको भिडियो पोस्ट गर्दै आफू फरार नरहेको बताउँदै आएका थिए ।


यता दुुर्गा प्रसाईको सचिवालयले प्रसाईंले आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको बताएको छ । 


‘अहिले २ घण्टा अगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईंलेज्यूले आफ्नो सुरक्षाका लागि आफैँ भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नु भएको छ’, उनको सचिवालयले बिहीबार राति फेसबुकमार्फत भनेको छ । 


हिजो आफूहरुले भिडियो मार्फत ज्यानको सुरक्षाको ग्यारेन्टी भए २४ घण्टाभित्र उपस्थित हुने भनेको र आज उपस्थित भएको सचिवालयको भनाइ छ ।


राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक रहेका प्रसाईंमाथि चैत १५ गते तीनकुनेमा हिंसा भड्काएको आरोप छ ।  

asteriskhubs
Home Page Bottom Second


maharjan complex