काठमाडौं । भारतको राजस्थान आसपासको मरुभूमिमा अझै पनि धुलोको हुरी चलेरहेकोले नेपालमा अझै पनि दुषित बर्षा हुन सक्ने मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
धुलोको कणहरु पूर्वतिर सर्ने क्रम जारी रहेको हुँदा मनसुन सकृय भै देशको पश्चिमी भागसम्म नाफैलिँदासम्म अझै केहि दिन सो धुलोको प्रभाव नेपालको वायूमण्डल तथा पानीमा देखिने सम्भावना छ ।
पछिलोपटक परेको यस्तो पानीको प्रयोगले झाडाबान्ता, टाइफाइड, जन्डिसजन्य महामारीको साथै छाला र आँखाको समस्या निम्ताउने खतरा भएकाले पानीमा नभिज्न मौसम विज्ञहरुले सर्वसाधरणलाई सुझाव दिएका छन् ।
गत शुक्रबार रातिदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा परेको हिलोसहितको पानी भने निकै दूषित छ ।
विज्ञहरुको अनुसार दूषित वर्षा भइरहेकाले भिज्नु पनि हानिकारक हुन्छ । विज्ञहरुले पानीमा नभिज्न र काठमाडौंको धुलोबाट समेत सचेत रहन सुझाएका छन् ।
Categorized in स्वास्थ्य