२३ आषाढ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

दुई हजार २०० टयाक्सीमा भाडा समायोजन


प्रकाशित: मंगलवार, १७ पुष २०७५, ०९ः५२ बजे
- महानगरखबर

काठमाडौँ । नेपाल गुणस्तर तथ नापतौल विभागले अहिलेसम्म दुई हजार २०० टयाक्सीमा मिटर भाडा समायोजन गरिएको छ । 


विभागले गत असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मङ्सिर पहिलो हप्तादेखि ट्याक्सीमा मिटर भाडा समायोजनको कामलाई अगाडि बढाएको हो ।


विभागका अनुसार विभागले दैनिक ८० देखि १०० ट्याक्सीको भाडा समायोजन गर्दै आएको छ । पहिला ट्याक्सी चलाउन थालेपछि एक किलोमिटर गुड्दा रु ५० मिटरमा उठ्ने गरेकामा नयाँ भाडा समायोजन गरेपछि एक मिटरमा रु ५३ उठ्छ । 


नेपाल मिटर ट्याक्सी व्यवसायी सङ्घका अध्यक्ष अर्जुन गौतम ट्याक्सीमा भाडा समायोजन गरेसँगै ट्याक्सी व्यवसायीलाई थोरै भए पनि राहत हुने बताए । 


विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा मात्र १० हजार ६०० मिटर ट्याक्सी सञ्चालनमा छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex