१६ चैत्र २०८०, शुक्रबार
Header

दुई लाखको दरले २३ वटा गुँला बाजा खललाई महानगरको अनुदान सहयोग


प्रकाशित: बुधवार, १६ चैत्र २०७८, २०ः१० बजे
- महानगरखबर

काठमाडौं । २३ वटा गुँला बाज खलः पुचहरुलाई काठमाडौं महानगरपालिकाले आर्थिक सहयोग अनुदान प्रदान गरेको छ ।


बुधवार काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले २ लाखको दरले २३ वटा गुँला बाज खलः पुचहरु अनुदान सहयोग उपलव्ध गराएका हुन । 


वडा १५ को डल्लु आवास क्षेत्रमा रहेको कसाः ख्य मा आयोजना गरिएको कार्यक्रममा महानगरका प्रमुख शाक्यले गुँला पर्वमा बजाइने बाजा संरक्षण गरेर सांस्कृतिक चालचलनलाई निरन्तरता दिन महानगरले सहयोग रकम प्रदान गरेका बताए ।


अनुदान रकम बितरण गर्दै प्रमुख शाक्यले भन्नुभयो, अमूर्त सम्पदा बचाउन समुदायले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। ‘सांस्कृतिक गतिविधिमा बजाइने परम्परागत बाजा जोगाउन र यी बाजा बजाउन समुदायले समय र रकम खर्च गर्नुभएको छ । यस प्रकारको धैर्यतालाई प्रोत्साहन गर्न हामीले कम्तीमा केही त होस् भनेर अनुदान रकम दिएका हौं ।’ प्रमुख शाक्यले भने । 


सो अवसरमा वडाध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले सम्पदा पुननिर्माणका कोणबाट अहिलेको कार्यकाल स्वर्णिम समय भएको बताए । 


कार्यक्रममा गुँला बाजं व्यवस्थापन तथा संरक्षण संघका अध्यक्ष अमिरमान शाक्यले बुद्धभूमि लुम्बिनीबाट काठमाडौँ आएका शाक्यहरुसँगै आएको गुँला बाजा संरक्षण र प्रवर्धनमा महानगरको सहयोगबाट समुदायमा प्रोत्साहित भएको बताए ।

 
सहयोग अनुदान प्राप्त गर्ने बाजा खालहरु १० कसाः तःधं गुथि, जनबहाल २० चस्वाँद्व मानन्धर सनागु खल, चस्वाँद ३० असं बाज गुथि, असन ४० स्वयम्भू गंला बाजँ खलः स्वयम्भू ५० केशचन्द्र गुंला बाजं खलः, इतुंमबहाल ६० तेबहाः गुंला बाजं खलः, तेबहाल ७० ओम बहाः गुंला बाजं खलः छन ।


त्यसैगरी, ओमबहाल ८० थँहिति मानन्धर गुथि, थँहिति ९० न्यागमणि फेदी धाः बाजं खलः, बालाजु १०० रत्नमण्डल महाबिहार सवं संघ, नघः ११० पाक्व पख्द्यां मानन्धर सना खलः, पाको १२० लाय्कुसाः मानन्धर समाज, लाय्कुसा १३० कीर्ति पुण्य महाबिहार, क्वहिति १४० ङत गुंला बाजं खलः, नरदेवी १५० मानन्धर सनागु खलः न्हूसाः, न्हूसाः १६० कीर्तिपुण्य महाबिहारले पाएका छन । 


लगन १७० ताम्राकार गुंला बाजं खल, मरु १८० धर्मचक्र महाबिहार बाजं खलः, वँतु १९० त्यंघः कुमाः बाजं खलः, त्यघंः २०० भिंद्य गुथि, कालिमाटी २१० दैसाः त्वाः मानन्धर समाज, दैसा २२० चारुमती गुंला बाजं खल, चावहिल र २३० जय बागेश्वरी धा बाजं खल, जयबागेश्वरी रहेका छन । 


यी बाजा समूहमध्ये चारुमती र जयबागेवरी धा बाजं खल गुँला पर्वका अवसरमा बाजा बजाउँदै पशुपतिको यात्रा गर्छन भने अन्य २१ वटा समूहले स्वयम्भूको यात्रा गर्छन ।


सम्पदा तथा पर्यटन विभागकी उपनिर्देशक सृजु प्रधानकाअनुसार न्हूः द (नेपाल संवत) को नवौँ महिना अवधिभर गुँला बाजा बनाउने चलन छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD