काठमाडौं । राजधानीमा बस्दै आएको दुई फ्रान्सेली नागरिकलाई बालबालिकालाई विभिन्न प्रभोलनमा पारि बालयौन दुराचार गरेको अरोपमा प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुविरुद्ध उजुरी परेपछि पक्राउ पर्ने संभावना बढेपछि आफ्नो मुलुक भाग्न लाग्दा पक्राउ परेका हुन । पक्राउ पर्नेमा ४२ वर्षीय क्रिस्टोफे ग्योलक्स र ३८ वर्षीय मिचेल चुपाउ रहेका छन् ।
प्रहरीको कन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रहरीले उनीहरुलाइ गौशालाबाट पक्राउ गरेको हो ।
उनीहरुले काठमााडौंको कागेश्वरी नगरपालिकामा बसेर उनीहरुले स्थानीय १० देखि १४ वर्ष उमेर समूहका बालबालिकामाथि यौन दुराचार गर्दै व्यूराका एक अधिकारीले बताएका छन् ।
उनीहरुले बालबालिकालाई फुटबल, चकलेट, स्पोर्टस् ड्रेस किनिदिने तथा स्थानीय स्वीमिङ पुलमा पौडी खेल्न लैजाने, खाजा र खाना खुवाउने लगायतका काम गरेर प्रलोभनमा पारेर पालैपालो बालबालिकामाथि यौन दूराचार र अप्रकातिक मैथुन गर्ने गरेको कुरा खुलेको छ ।
Categorized in समाज