१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

दुई दिनमा ८० हजार बालवालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने महानगरको लक्ष्य


प्रकाशित: आईतवार, ७ कातिक २०७८, १५ः४० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दुई दिनमा महानगरभित्रका ८० हजार बालवालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने लक्ष्य राखेको छ । 


आईतवारबाट सुरु भएको यो कार्यक्रम भोली (सोमवार) सम्म संचलान हुने छ । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले वडा २१ क्लिनिकमा गएर भिटामिन ए खुवाउने कार्यक्रमको शुभारम्भ गरे । 


महानगरले यस कार्यक्रमको लागि २७९ वुथबाट कार्यक्रम चलाउन ५५८ जना महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरेको छ ।


सो अवसरमा प्रमुख शाक्यले महानगरले सञ्चालन गरेको निःशुल्क स्वास्थय सेवामा सेवाग्राहीको आकर्षण बढाउने गरी विश्वसनीय सेवा दिन स्वास्थ्यकर्मीलाई आग्रह गरे ।


‘हामीले आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिइरहेका छौँ । तर कतिपय सेवाग्राहीहरु पैसा तिरेर निजी क्लिनिकमा गइरहनुभएको छ । गएको बर्ष हामीले वितरणका लागि तयार पारेको सबै औषधि वितरण भएन । हामी निःशुल्क सेवा दिन्छौँ भन्दा नागरिक किन निजीतिर आकर्षित हुनुहुन्छ? हामीले हाम्रा सेवाको समीक्षा गर्नुपर्छ ।’ प्रमुख शाक्यले भने, ‘हाम्रो स्वास्थ्य सेवामा नागरिकको आकर्षण बढाउनुपर्छ ।’


महानगरकी जनस्वास्थ्य अधिकृत मञ्जु मास्केका अनुसार ०७८ बैशाख ६ र ७ गते सञ्चालन गरिएको कार्यक्रममा ६ महिनादेखि १ बर्षसम्मका ५ हजार ९९५ जना र १ बर्षदेखि ५ बर्षसम्मका ५३ हजार ५४३ गरी जम्मा ५९ हजार ५३८ जनालाई भिटामिन ए क्याप्सुल दिइएको थियो । 
त्यसै गरी ३ सय जना सुत्केरीलाई भिटामिन ए क्याप्सुल दिइएको थियो । त्यसै गरी ५३ हजार ८०३ जनालाई जुकाको औषधि दिइएको थियो ।


महानगरले हरेक अभिभावकलाई ५ बर्ष मुनिका बालबालिकालाई भिटामिन ए कार्यक्रममा सहभागी गराउन आग्रह गरेको छ । यस कार्यक्रममा बालबालिकालाई भिटामिन ए सँगै जुकाको औषधि खुवाइन्छ । 


रतन्धो र कुपोषणबाट बचाउन सञ्चालन गरिएको यस कार्यक्रममा आउने अभिभावकलाई — भिटामिन ए पाइने र घरमै पाइने खाद्यबस्तुका बारेमा जानकारी दिने गरिएको छ ।


कार्यक्रममा ६ महिनादेखि ५ बर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइन्छ भने १ देखि ५ बर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइन्छ ।
आईतवार, ७ कातिक २०७८, १५ः४० बजे

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex