काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेको दुई दलीय संयन्त्रको संयोजनको जिम्मा पुनः कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठित दुई दलीय संयन्त्रमा कांग्रेस र एमालेबाट चार/चार जना सदस्य छन् ।
गत कातिक १५ गते बनाएको संयन्त्रमामा कांग्रेसका तर्फबाट उपसभापति खड्का, गृहमन्त्री रमेश लेखक, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् ।
त्यसैगरी, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन् ।
संयन्त्रको पहिलो बैठक गत कातिक २१ गते बसेको थियो । उक्त बैठकले संयन्त्रको संयोजन दुई दलले पालैपालो एक/एक महिनाका दरले गर्ने निर्णय गरेको थियो ।
यस अघि मंसिर २१ देखि पुस २० गतेसम्म संयन्त्रको संयोजन एमाले नेता ईश्वर पोखरेलले गरेका थिए ।
9 January 2025, Thursday
Categorized in राष्ट्रिय