१४ बैशाख २०८१, शुक्रबार
Header

दिल्लीमा साताको दुई दिन शनिवार र आईतवार कर्फ्यु


प्रकाशित: बुधवार, २१ पुस २०७८, १७ः०० बजे 
- महानगरखबर

काठमाडौं । भारतको राजधानी दिल्ली सरकारले साताको दुई दिन शनिवार र आईतवार कर्फ्यु लगाएको छ । 


कोरोनाको संक्रमण तीव्र रुपमा बढेपछि दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले उक्त दुई दिन कफ्र्यु जारी गरिएको पत्रकार सम्मेलनमा जानकारी दिए । 


अत्यन्त जरुरी काम भएमात्रै घरबाहिर निस्किन उप–मुख्यमन्त्री सिसोदियाले आग्रह गरेका छन साथै सबै सरकारी अधिकारीहरुले घरबाटै काम गर्ने पनि जानकारी दिए । 


निजी संस्थाहरुले पनि ५० प्रतिशत कर्मचारीहरुले घरबाट काम गर्नुपर्ने बताए । यसअघि दिल्लीमा रात्रिकालीन कफ्र्यु जारी गरिएको थियो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि कोरोनाबाट संक्रमित छन ।


महाराष्ट्रको राजधानी मुम्बईमा प्रतिबन्धका विच पनि कोरोना संक्रमण दर बढ्ने क्रम जारी छ ।


त्यसैगरी संक्रमण बढेपछि बिहारमा ६ जनवरी (बिहीबार)देखि लागू हुने गरी राज्यभरका प्री–स्कूल र कक्षा एकदेखि कक्षा आठसम्म अनलाइनमार्फत पढाइने भएको छ । 


यसैगरी कक्षा नौदेखि १२ सम्मका ५० प्रतिशतको उपस्थितिमा मात्रै पढाइ हुने छ । सिनेमा हलहरु ५० प्रतिशत क्षमतामा मात्र सन्चालन गर्न पाइने छ भने बिहेमा पनि सहभागी हुनेहरुका लागि निश्चित संख्या तोकिएको छ ।


यो नयाँ प्रतिबन्ध २१ जनवरीसम्म जारी रहने बताईएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD