१४ बैशाख २०८१, शुक्रबार
Header

दिल्लीमा महिलालाई निःशुल्क बस सेवा प्रदान गरिदै


प्रकाशित: मंगलवार, २१ जेठ २०७६, ०९ः२० बजे
- महानगरखवर

काठमाडौं । छिमेकी देश भारतको राजधानी दिल्लीमा महिलालाई निःशुल्क बस सेवा प्रदान गरिने भएको छ । 


दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले महिललालाई सार्वजनिक यातायातमा निःशुल्क सेवा प्रदान बार्षिक १ अर्ब १५ करोड खर्च गरिने जनाएको छ । 


यस सेवाबाट दश लाख महिला सार्वजनिक यातायातबाट लाभावान्ति हुने दिल्ली सरकारको विश्वास रहेको छ ।  यो योजना आगामी दुईदेखि तीन महिनाभित्रमा लागु हुने राज्य सरकराले जनाएको छ । 


राज्यका करिब एक लाख ५० हजार सार्वजनिक यातायातमा सीसीटीभी क्यामेरा जडान गरि महिलालाई सुरक्षित यात्रा गराउने भएको छ ।  


नयाँ दिल्लीमा सन २०१२ मा एउटा निजी बसमा विद्यालयबाट घर फर्किरहेका समय एक छात्रामाथि सामूहिक बलात्कारपछि हत्या गरिएपछि यसलाई महिलाको सुरक्षाका दृष्टिकोणले असुरक्षित भएको महशुस गरिँदै आएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD