२५ बैशाख २०८१, मंगलबार
Header

दिल्लीमा थप प्रतिबन्ध, सबै विद्यालयहरु बन्द


प्रकाशित: मंगलवार, १३ पुस २०७८, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । ओमिक्रोन भेरियन्टका संक्रमित बढ्न थालेपछि दिल्ली सरकारले थप प्रतिबन्ध लगाएको छ । 


मंगलबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ‘ग्रेडेड रेस्पोन्स एक्शन प्लान’ लागू गरेपछि दिल्लीमा ‘यलो अलर्ट’ जारी भएको हो । 


‘यलो अलर्ट’ लागूसँगै दिल्लीका सबै शैक्षिक संस्था बन्द हुने भएको भारतीय समाचारमाध्यमले जनाएका छन । 


त्यस्तै, विवाह समारोह र दाहसंस्कारमा २० जनाभन्दा बढी भेला हुन पाउने छैनन भने ५० प्रतिशत क्षमतामा मात्रै दिल्लीका मेट्रो र बस सेवा सञ्चालन गर्नुपर्ने छ ।


यसबाहेक, सिनेमा हल, पार्टी प्यालेस र मनोरञ्जन केन्द्रसमेत बन्द गरिनेछ । ५० प्रतिशत क्षमतामा बिहान ८ बजेदेखि राति १० बजेसम्म रेष्टुरेन्ट सञ्चालन गर्न पाइनेछ । अटो, ई–रिक्सा, ट्याक्सीमा दुईजनाले मात्रै यात्रा गर्न पाउने लगायतका नियम लागू हुनेछन ।


ओमिक्रोनका संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्र १६७ जना र दिल्लीमा १६५ जना छन  ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD