१४ बैशाख २०८१, शुक्रबार
Header

दिल्लीमा कोभिडसम्बन्धी सबै प्रतिबन्ध हटाईदै


प्रकाशित: शनिवार, १४ फागुन २०७८, १५ः४० बजे
- महानगरखवर

काठमाडौं । भारतको राजधानी दिल्लीमा कोभिडविरुद्ध लगाएका सबै प्रतिबन्धहरु हटाउने भएको छ ।


सोमवारदेखि दिल्लीमा यस अघि लगाएका प्रतिन्धहरु रात्रिकालीन कफ्र्यु, पसल व्यवसाय खोल्ने समयसीमा, आधा क्षमतामा मात्रै होटल रेस्टुरा, सिनेमा हल चलाउनुपर्ने सबै खाले प्रतिबन्ध हटाईने भएको हो ।


सार्वजनिक यातायात मेट्रो र बस पनि पूर्ण क्षमतामा चल्न पाउने छन । यात्रुहरुलाई हरेक सिटमा बस्ने मात्रै होइन, उभिएर यात्रा गर्ने सुविधा पनि प्राप्त हुनेछ । रात्रिकालीन कफ्र्युका कारण राति ८ बजे बजारहरु बन्द हुँदै आएकोमा त्यो पाबन्दी पनि रहने छैन ।


कोरोनाको संक्रमण दर एक प्रतिशतभित्र झरेपछि विभिन्न विषयमा लगाइएको प्रतिबन्ध दुई महिनापछि हटाइएको हो ।


मास्क लगाउन भने अनिवार्य हुनेछ । मास्कको नियम उल्लंघन गरे ५ सय रुपियाँ जरिवाना गर्ने दिल्ली सरकारले जनाएको छ । 


त्यस्तै, सबै धार्मिकस्थल पूर्वतस् सञ्चालनमा आउनेछन । अब राजनीतिक कार्यक्रम, साप्ताहिक हाट बजार, विवाह तथा मृत्यु संस्कारमा जतिपनि मानिस सामेल हुन पाउनेछन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD