काठमाडौं । चर्चित सञ्चारर्की, फिल्म निर्माता, निर्देशक दिनेशराज दाहाल (डिसी) नियुक्त चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन ।
सरकारका प्रवक्ता तथा सुचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले डिसीलाई बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले अध्यक्षमा गरेको जानकारी दिए ।
अध्यक्षमा निर्देशक तथा सञ्चारकर्मी डिसी, फिल्म निर्देशक दीपा पाण्डे बस्नेत र सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश थापाको नाम सिफारिस भएको थियो ।
सिफारिस समितिले उनीहरूको नाम सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङसामु सिफारिस गरेको थियो ।
यसअघि बोर्ड अध्यक्ष अभिनेता एवं निर्माता भुवन केसी थिए ।
Categorized in मनोरन्जन