७ बैशाख २०८१, शुक्रबार
Header

दिनेशले भागरथीको बलात्कारकारपछि हत्या गरेको स्वीकारे


प्रकाशित: विहिवार, ६ फागुन २०७७, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । भागरथीको बलात्कार नगरेको दावी गर्दै आएका दिनेश भट्टले भागरथीको बलात्कारपछि हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन । 


प्रहरी हिरासतमा रहेका दिनेश बैतडीको भागरथी भट्टको बलात्कारपछि हत्या गरेको जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसन्धान अधिकृतसामू  बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएका छन ।


दिनेशले भागरथी भट्टको हत्या गरेको स्वीकार गरेका उनले बलात्कार भने नगरेको दाबी गरेका थिए । बिहीबार अनुसन्धान अधिकृत र प्रहरी हिरासतमा आफूलाई भेट्न आएका परिवारका सदस्यसँग पनि भट्टले भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाई छ ।


प्रहरीले दिनेशकै बयानका आधारमा भागरथीको घडीसमेत घटनास्थलबाट बरामद गरेको छ । 


भागरथीको परिवारले भने भागरथीको शव अझै बुझेको छैन । उनको शव जिल्ला अस्पताल, बैतडीमा छ । प्रहरीले भागरथीको भजाइनल स्वाब संकलन गरेर परीक्षणका लागि काठमाडौंस्थित केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएको छ । रिपोर्ट आउन नमूना प्रयोगशालामा पुगेदेखि कम्तिमा १५ दिन लाग्ने प्रहरी अधिकृतहरु बताउँछन ।


सनातन माध्यमिक विद्यालयको कक्षा १२ मा पढ्ने भागरथी २१ माघमा हराएकी भोलिपल्ट अपराह्न घर फर्किने बाटोमा सडकबाट ५० मिटर तल भागरथीको मृत शरिर झाडीमा भेटिएको थियो । घटनाको १४ औं दिनपछि प्रहरीले आरोपी कक्षा ११ मा पढ्ने दिनेशलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD