४ भाद्र २०८३, बिहिबार
Header

दिगम्बर झालाई बर्खास्त गर्न नेकपाका ४३ केन्द्रीय सदस्यद्धारा माग


प्रकाशित: आईतबार, ८ पुष २०७५, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकारणका प्रमुख दिगम्बर झालाई पदबाट बर्खास्त गर्न नेकपाका ४३ केन्द्रीय सदस्यहरुले माग गरेका छन् । 


प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई एक ज्ञापन पत्र बुझाउँदै केन्द्रीय सदस्यहरुले झा लगायत विवादित व्यक्तिहरुलाई अविलम्ब पदबाट निस्काशन गर्न माग गरेका छन् । 


ज्ञापन पत्रमा ३६ जना केन्द्रीय सदस्यहरुले ‘मेरो पनि समर्थन छ’ भनेका छन भने ७ जना केन्द्रीय सदस्यहरु कृष्ण के।सी. ठाकुर गैरे, माधव अर्याल, भाष्कर काफ्ले, रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा र डा।विजयकुमार पौडेलले हस्ताक्षर नै गरेका छन् । 


नेकपाका नेताहरुले सरकारको कार्यशैलीले कम्युनिष्ट सरकारको गरिमा र लोकप्रियतामा गम्भीर धक्का दिनेतर्फ नेतृत्वको ध्यानाकर्षण गराएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex