१४ बैशाख २०८१, शुक्रबार
Header

दासढुंङा चलचित्रको पनि दोश्रो भाग बन्ने      


प्रकाशित: सोमबार, ६ जेठ २०७६, २०ः१० बजे
- महानगरखवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘एमाले’का तात्कालिन महासचिव मदन भण्डारीको मृत्युमा आधारित सिनेमा ‘दासढुंगा’को दोस्रो भागको रुपमा नयाँ चलचित्र  निर्माण हुने भएको छ । 


सन २०१० मा निर्देशक मनोज पण्डितले ‘दासढुंगा’ निर्देशन गरेका थिए भने अबको चलचित्रमा दासढुंगा काण्ड पछि त्यसको प्रत्यक्ष असर पारेका क्षेत्रको कथालाई सिनेमाले उठाउने छ । जसको लागि अनुसन्धान भैरहेको निर्माता अपिल विष्टले जानकारी दिए ।


यसैगरी  सोमबार सिनेमाको थिम पोस्टर पनि सार्वजनिक गरिएको छ । जहाँ ‘राष्ट्रपति, प्रधानमन्त्री, राजनीति र दर्घटना’लाई सिनेमाले केलाउने प्रष्ट्याइएको छ ।


सिनेमाले ‘दासढुंगा’ हत्या हो कि दुर्घटना हो ? भन्ने प्रश्नको चिरफार पनि गर्ने विष्टले बताए । हाल यो चलचित्रको  लागि चाहिने कलाकारहरु  फाइनल भैसकेका छैनन् ।   


अबको हप्ता दिनमा त्यो पनि फाइनल हुने निर्माता विष्टले जानकारी दिए । सिनेमामा केहि ‘दासढुंगा’का कलाकार हुनेछन् भने, केहि नयाँको इन्ट्री हुनेछ ।


सिनेमाको लेखन र निर्देशन भने कुमार भट्टराईले गर्नेछन् । अपिल विष्ट फिल्मसको प्रस्तुति रहने सिनेमासँग अस सिनेमा र म्याजिक माउन्टेन मुभिजले सहकार्य गरेका छन । 


कुशल पाण्डे निर्माता रहने सिनेमामा दीपक ओली र प्रकाश केसीले कार्यकारी निर्माताको भूमिका निर्वाह गर्नेछन् । भने, सह(निर्मातामा प्रदीप आचार्य रहेका छन ।   


सिनेमा ‘दासढुंगा’मा सौगात मल्ल, अनुप बराल, संचिता लुइँटेल, दयाहाङ राई, विश्व बस्नेत, बिएस राणा, रामशरण पाठक, डा, केपी भण्डारीलगायतको अभिनय थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD