२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

दार्चुलामा हत्याराहरुले कार्यलय सहयोगीको हत्या गरी १० लाख नगदसमेत लुटे


प्रकाशित: बुधबार, ६ भाद्र २०७५, ०९ः०६ बजे
- महानगरखबर

काठमाडौं । दार्चुलाको मार्मामा स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगी अंगवीर सिंह ठगुन्नाको मंगलबार हत्या भएको प्रहरीले जनाएको छ । 


मार्मा गाउँपालिका–१ घोल्जर घर भई गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय ठगुन्नाको हत्या भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले सञ्चारमाध्यमहरुलाई जानकारी दिएको हो ।

 
ठगुन्नाको घरमै हत्या भएको घटनास्थल पुगेको प्रहरीको भनाई छ ।  


ठगुन्नाको साथमा रहेको रु १० लाखसमेत हत्याराले लुटेर लगेको स्थानीयवासी दिनेश सिंहले बताएका छन् ।  


एक्लै घरमा बस्ने ठगुन्नाको सुतिरहेको अवस्थामा हत्या गरिएको हो । उनको टाउकोमा घाउ छ । 


ठगुन्नाका श्रीमती र छोरा तराइतिर बस्दै आएका छन । घरमा पठाउनका लागि जम्मा गरेको रु १० लाखकै कारण ठगुन्नाको हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika