४ भाद्र २०८३, बिहिबार
Header

दार्चुलामा मिनीबस दुर्घट्ना, २ को मृत्यु


प्रकाशित: शुक्रवार, ७ मंसिर २०७५, ०८ः२० बजे
- महानगरखबर

काठमाडौं । दार्चुलामा आज विहान एक मिनिवस दुर्घट्ना हुँदा २ जनाको मृत्यु भएको छ भने १९ जना घाईते भएको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार मालिकार्जुन मन्दिरको मेला भरेर सदरमुकाम खलंगातर्फ गइरहेको म १ ख ४३६ नम्बरको मिनीबस मालिकार्जुन–३, तेर्थालेकमा  बिहान दुर्घटना भएको हो । 


दुर्घट्नामा परि मृत्यु हुनेहरुमा भारतीय नागरिक ५५ वर्षीय अनील पाल रहेका छन भने अर्का एक पहिचान बाँकी रहेको जनाएको छ । 


दुर्घटनामा घाईतेहरु मध्ये तीमध्ये ४ को जिल्ला अस्पतालमा र बाँकी १५ को गोकुलेश्वर अस्पताल उपचार भइरहेको छ । 


बसमा कति यात्रु रहेको बारे यनिक हुन नसकेको प्रहरीले बताएको छ । 


बस दुर्घटना भएको खबर पाएसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले उद्धार गरेका थिए ।


सडकबाट करिब ३ सय मिटर तल खसेको बस क्षतविक्षत छ ।


विहिवार मात्र डडेलधुरामा यसैगरी मेला हेरेर आएको स्कुल बस दुर्घट्ना हुँदा १८ जनाको मृत्यु भएको थियो भने सो दुर्घट्नामा परि २६ जना घाईते भएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex