१३ बैशाख २०८१, बिहिबार
Header

दादुरा खोप लगाउँदा कैलालीमा एक बालकको मृत्यु


प्रकाशित: विहिवार, २६ पुष २०७५, १९ः५० बजे
- महानगरखबर

काठमाडौं । दादुराको खोप लगाउँदा कैलालीमा बुधवार एक बालकको मृत्यु भएको छ । 


कैलालीको जानकी गाउँपालिका–४ कञ्चनपुरका १५ महिने बालक चरण चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । 


वालक चौधरी १५ मिनेटपछि बेहोस भएका र टीकापुर अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो ।


मृतक बालकका बुबा वासुदेव चौधरीले स्वास्थ्यकर्मीहरुको लापरवाहीले सो घट्ना भएको आरोप लगाएका छन । 


जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदमसिंह परियारले एकै भाइल सातदेखि १० बालकलाई लगाइने र अरू बच्चामा केही समस्या नदेखिएको बताए । 


टीकापुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट चिकित्सक नरेन्द्र खनालले खोप लगाउँदा मृत्यु भएको हो भन्ने यकिन भन्न नसकिने जनकारी दिए । खोपले गर्दा बच्चाको मृत्यु भए÷नभएको टीकापुर अस्पतालमा परीक्षण गर्न सकिँदैन, खोपप्रति आशङ्का भए प्रविधियुक्त अस्तपालमा परीक्षण गर्नुपर्दछ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD