काठमाडौं । शैक्षिक भ्रमणबाट फर्किदै गरेको एक बसको दाङको तुलसीपुर महानगरपालिका– ३ स्थित शुक्रवार बेलुका दुर्घट्ना हुँदा मृत्यु हुनेको संख्या १६ पुगेको प्रहरीले जनाएको छ ।
बा४ख ९७६६ नम्बरको बस दुर्घटना हुँदा ३ महिला र ९ पुरूषसहित १३ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पती उद्यानको अवलोकन भ्रमण गरेर फर्कंदै गरेको विद्यार्थी र शिक्षक चढेको बस दुर्घटनामा परेको हो ।
बसमा सहिद कृष्णसेन प्राविधिक शिक्षालयका शिक्षक तथा विद्यार्थीसहित ३१ जना चढेका थिए ।
दुर्घट्नमा परि धेरै हताहती भएको हुनसक्ने प्रहरीको अनुमान छ । बसमा ९ जना महिला र २२ जना पुरूष रहेको बुझिएको छ ।
प्रहरीले घट्ना अनुसन्धान भईरहेकोले पुर्ण विवरण आउन बाँकी रहेको जनाएको छ ।
Categorized in समाज