काठमाडौं । दाईजोको निहुँमा एक नेपाली चेलीको भारतमा हत्या भएको छ ।
कपिलवस्तु बाणगङ्गा नगरपालिका–४ की २१ वर्षीय खेमकला सुनार भारतको हरियाना हिसार भन्ने ठाउँमा मृत फेला परेसँगै उनका माइतीले हत्या गरिएको दाबी गरेका हुन ।
डेढ वर्षअगाडि हिसार भन्ने ठाउँमा विवाह भएको खेमकलाको यही मङ्सिर १२ गते आफ्नै घरमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो । शव फेला परेसँगै माइती पक्षले परिवारले मानसिक, शारीरिक यातना दिई हत्या गरेर झुण्ड्याइएको हुनसक्ने बताएका छन् ।
दाइजो नल्याएको निहुँमा पटकपटक मानसिक यातना दिँदै आएको आरोप माइती पक्षको छ । मृतकका खेमकलाका श्रीमान भारतीय आर्मीमा कार्यरत रहेको बताइएको छ ।
घटनाका विषयमा बुझ्नका लागि माइती पक्षबाट बुबा र आमा भारततर्फ गएका जनाइएको छ ।
Categorized in समाज