४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

दश बर्ष लगाएर ५५ थान भरुवा बन्दुक संकलन, प्रत्येक बन्दुक धनीलाई १० हजार नगद प्रदान


प्रकाशित: बुधवार, १२ मंसिर २०७५, १८ः५० बजे
- महानगरखबर

काठमाडौं । रुकुम पूर्वका पुथाउत्तरगङ्गा गाउँपालिका– १ र २ मैकोट गाउँबाट १० बर्ष लगाएर ५५ थान भरुवा बन्दुक संकलन गरिएको छ । 


बन्दुक संकल गरेलगत्तै उक्त गाउँ भरुवा बन्दुक मुक्त भएको बुधवार आयोजित पत्रकार सम्मेलनमा घोषणा गरिएको छ । 


बन्दुक स्थानीय वन तथा वन्यजन्तु संरक्षण समितिले १० वर्ष लगाएर सङ्कलन गरेको हो । प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको सक्रियता र स्थानीय वन तथा वन्यजन्तु संरक्षण समितिको प्रयासले हतियार सङ्कलन गर्न सफल भएको संरक्षण समितिका अध्यक्ष अमरधन पुनले सो पत्रकार सम्मेलनमा बताए । 


प्रति बन्दुक रु ५०÷६० हजार मूल्यपर्ने ती बन्दुक सङ्कलन गर्दा प्रत्येक बन्दुक मालिकलाई रु १०/१० हजार नगद दिइएको छ । बन्दुक सङ्कलन अभियानमा जम्मा रु छ लाख ५० हजार खर्च भएको बताइएको छ । 


गाउँमा प्रायःजसो सबैसँग बन्दुक हुने भएपछि चोरी शिकारको काम र हिंसात्मक काम बढ्दै गइरहेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex