२३ आषाढ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

दश प्रतिशत सेवा शुल्क खारेजी फिर्ता नलिए रेष्टुँरा मजदुरले आन्दोलन चर्काउने


प्रकाशित: बुधवार, १६ माघ २०७५, १२ः०४ बजे
- महानगरखबर

काठमाडौं । रेष्टुरेन्ट एण्ड बार एशोसिशन नेपाल (रेवान) ले ग्राहकसँग लिइदै आएका १० प्रतिशत ग्राहक सेवा खारेजी गरेको विषयलाई रेष्टुँरा मजदुरले आन्दोलन चर्काउने भएको छ । 


अखिल नेपाल होटल स्वतन्त्र होटल तथा क्यासिनो तथा रेष्टुराँ मजदुर संघले अबको २४ घण्टाभित्र रेवानले १० प्रतिशत सेवाशूल्क खारेज फिर्ता नलिए उपत्यकाका सबै रेष्टुरेण्ट बन्द गर्ने चेतावनी दिउको छ । 


संघको अध्यक्ष माधव पाण्डेले १० प्रतिशत सेवाशूल्क घटाउने विषयको कडा विरोध गरेका छन । श्रमिकको हकलाई कसैले खास्ने नमिल्ने उनले बताए । 


बुधबार विहान रेवानले सेवा शुल्क घाटाउने घोषणा गरेको विज्ञप्तीलाई जलाएको छ । 


सो विज्ञप्तीमा विज्ञप्तीमा भनिएको छ, ‘सेवा सेवा शुल्क हटाएसँगै गुणस्तरीय सेवा प्रदान गर्ने कुरामा हामी प्रतिवद्ध छौं ।’ रेवानको यो निर्णय अनुसार काठमाडौ, पोखरा र सौरहाका रेष्टुरेन्ट तथा बारहरुमा मंगलवारदेखिनै लागु हुनेछ । 


मजुदरहरुका लागि सामाजिक सुरक्षा कोषको व्यवस्था भईसकेको अवस्थामा यस किसिमको निर्णयले मजदुरलाई असर नपर्ने रेवानले बताएको छ ।  तर स्वेच्छिक रूपमा दिने टिप्सलाई कुनै पनि बन्देज भने लगाएको छैन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex