११ मङ्सिर २०८३, बिहिबार
Header

दशौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने फुलकन्टयाक कराते खेलाडीको बिदाइ


प्रकाशित: बुधवार, ९ मंसिर २०८३, २०ः४८ बजे
- महानगरखबर

काठमाडौँ । वाग्मती प्रदेशबाट छनोट भई दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ मा सहभागी हुन जाने फुलकन्टयाक कराते (क्योकुसिन) खेलाडीहरूलाई सम्मानपूर्वक बिदाइ गरिएको छ ।


मंसिर ७ गते काठमाडौँको ठमेलस्थित जे.पी. माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा कुमितेतर्फ ११ र कातातर्फ ३ गरी १४ जना खेलाडीलाई बिदाइ गरिएको हो ।


वाग्मती प्रदेश फुलकन्याकर महासंघका वरिष्ठ उपाध्यक्ष केशव देसारको अगुवाइमा आयोजित बिदाइ कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रवक्ता तथा वडा नं. १७ का अध्यक्ष नवीन मानन्धर प्रमुख अतिथिका रूपमा सहभागी थिए । 


कार्यक्रममा जे.पी. स्कुलका व्यवस्थापन अध्यक्ष पुष्प मानन्धरको समेत सहयोग रहेको थियो ।


कार्यक्रममा खेलाडीहरूलाई खादा ओढाएर प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिइएको थियो । खेलाडीहरूको हौसला अभिवृद्धि गर्न काठमाडौँ महानगरपालिकाका प्रवक्ता मानन्धरले ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


त्यसैगरी, खेलाडीहरूलाई प्रशिक्षण दिँदै प्रतियोगिताका लागि तयार पार्ने प्रशिक्षकहरू राम वज्र, अजय मानन्धर र गोविन्द लाल श्रेष्ठलाई जिम्मेवारी सफलतापूर्वक पूरा गरेकोमा धन्यवाद तथा बधाई दिइएको थियो ।


मंसिर ११ देखि १३ गतेसम्म सुर्खेतमा सञ्चालन हुने प्रतियोगितामा निर्णायकको जिम्मेवारी निर्वाह गर्न जाने गुरु केशव देसार र गणेश प्रसाद चौधरीलाई पनि खादा ओढाएर बिदाइ गरिएको आयोजकले जनाएको छ ।


वाग्मती प्रदेशबाट राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रदेश तथा राष्ट्रको गौरव बढाउने अपेक्षा गरिएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex