१६ चैत्र २०८०, शुक्रबार
Header

दशैका लागि बसको अग्रिम टिकट असोज पहिलो साताबाट, व्यवसायीद्वारा भाँडा बढाउन माग


प्रकाशित: विहिवार, १९ भाद्र २०७६, ११ः३० बजे
- महानगरखवर

काठमाडौं । दशैंको लागि अग्रिम बस टिकट असोजको पहिलो साता खुल्ने भएको छ । 


यातायात व्यवसायीहरुसँग बुधवार यातायात व्यवस्था विभागले गरेको छलफलमा अग्रिम टिकट खोल्ने प्रारम्भिक सहमति जुटेको हो । 


विभागका एक अधिकारीका अनुसार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विहिबार बैठक बोलाएर निर्णय गर्ने तयारी गरेको छ । 


महासंघले बैठकबाट गाडीको विवरण तयार पारेर विभागलाई दिएपछि सोही आधारमा अर्को साता बस्ने बैठकले अग्रिम टिकट खोल्ने मिति गर्नेछ । 


यता व्यवसायीहरु भने भाडा नबढेको पाँच वर्ष भइसकेको भन्दै भाडा बढाउन सरकारलाई आग्रह गरेको छ । 


व्यवसायीले तयारी नपुगेको र वैज्ञानिक भाडा समायोजनको विषय सम्बोधन नभएको अग्रिम टिकट खुल्न समय लाग्ने बताएको छ । 


यातायात व्यवस्था विभागका अनुसार चाडबाडअघि कुनै हालतमा भाडा समायोजन गर्न नसकिने जानकारी व्यवसायीलाई गराएको छ तर व्यवसायी भने भाडा समायोजन हुनुपर्ने तर्क गरिरहेका छन । 


विभागले सरकारले वैज्ञानिक भाडा समायोजनका लागि समिति बनाएको र त्यसले काम गरिरहेकाले तत्कालै भाडा वृद्धिको निर्णयमा पुग्न नसकिने विभागको निष्कर्ष रहेको छ । 


दशैंमा काठमाडौंबाट घर फर्किनेहरुका लागि सरकारले हरेक वर्ष अग्रिम टिकट बुकिङ खुलाउने गरेको छ । तर, यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुलाउनुअघि विभिन्न माग राखेर सरकारलाई दबाव दिने गरेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD