१४ बैशाख २०८१, शुक्रबार
Header

दशैं सुपथ मुल्य पसल आजबाट सुरु


प्रकाशित: शुक्रबार, १२ असोज २०७५, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । हिन्दुहरुको चाडपर्व दशैँ तिहारलाई लक्षित गरी सरकारले शुक्रबारदेखि दशै सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।


विगत बर्षझै यस बर्षपनि निरन्तर दिन लागिएको हा । 


बाणिज्य, आपूर्ति तथा उपभोक्त संरक्षण विभागले नेतृत्व गरेको सुपथ मूल्य पसल उपत्यकासहित देशका विभिन्न ४७ स्थानमा सञ्चालन हुने बताएको छ । पसल कात्तिक २३ सम्म सञ्चालन गर्ने विभागको तयारी छ ।


सुपथ मूल्य पसलमा विशेष छुट उपलव्ध गराएको विभागले जनाएको छ । समानको मुल्यमा ५ देखी १० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । 


यस्ता सुपथ पसहरुल खाद्य संस्थान, साल्ट ट्रेडिङ, दुग्ध विकास संस्थान र सहकारीहरुले सञ्चालन गर्नेछन् । 


उपभोक्ताले कर बाहेक चिनी प्रतिकिलो ५७ रुपियाँ पाईने भएको छ । स्वेदशमै उत्पादन भएको तेल र घीउमा प्रतिलिटर ३ रुपियाँ छुटको व्यवस्था गरेको छ । 


बाहिरबाट ल्याने तेलमा भने प्रतिलिटर ३० रुपयाँ सम्म छुट दिईने भएको छ ।


त्यसैगरी, सरकारी उद्योगबाट उत्पादन भएको मसलमा १० रुपियाँ छुट दिने भएको छ । नेपाल खाद्य संस्थानले चामलहरुमा छुटको व्यवस्था गरेको छ । 


संस्थानले सानो मन्सुली चामल ४० रुपैयाँ प्रति किलोमा उपलब्ध गराउने भएको छ । जीरा मसिनो चामल ५५ रुपैयाँ, वास्मती चामल ८१ रुपैयाँ, गोरखनाथ चामल ३८ रुपैयाँ, जापानीज चामल ७० र ७५ रुपैयाँ प्रतिकिलोमा उपलब्ध गराउने भएको छ । 


 निजी क्षेत्रका दाल, चामल उद्योग र तीनका थोक तथा खुद्रा विक्रेताले पनि दाल र चामलमा प्रति किलो ३ रुपैयाँ छुट दिने आपूर्ति मन्त्रालयले जनाएको छ ।


साल्ट ट्रेडिङ कर्पोरेशन कम्पनीले नुन प्रतिकिलो १८ रुपियाँमा उपलव्ध गराउने भएको छ । दुग्ध विकास संस्थानले घिउ प्रति किलो ८५० रुपैयाँ र पनिर प्रति किलो ६१० रुपैयाँमा उपभोक्तालाई दिनेछ । 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD