२६ बैशाख २०८१, बुधबार
Header

दशैं विदामा महानगरका सवारी चलाए कार्वाही हुने


प्रकाशित: विहिवार, २ कातिक २०८०, १७ः४० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैं तथा तिहार विदाका दिनमा महानगरको नाममा दर्ता रहेका सवारी चलाए कार्वाही गरिने बताएका छन । 


महानगरले एक सुचना जारी गरी कर्मचारीहरुले प्रयोग गरिरहेको सवारी विदामा कर्मचारी (सरफाईमा प्रयोग हुने सवारी तथा नगर प्रहरीको डयूटीमा बाहेक) अन्य सवारी नचलाउन आग्रह गरको छ ।


‘उल्लेखित विदाको समयमा महानगरपालिकाको अत्यावश्यक काममा सवारी सधान प्रयोग गर्नु पर्दा महानगर क्षेत्रभन्दा बाहिर (दमकल, एम्बुलेन्स र फोहोर बोक्ने वा फोहोर सँग सम्बन्धित विषय बाहेक) संचलन नगर्नु हुन अन्यथा कारवाही भै जाने व्यहोरा समेत यसै सुचनाद्धारा सुचित गरिन्छ ।’ जारी सुचनामा उल्लेख छ ।


साथै अन्य समयमा सवारी पास लिन परे प्रमुख प्रशासकिय अधिकृतबाट अग्रिम स्वीकृती लिनु पर्ने जनाएको छ । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD