८ बैशाख २०८१, शनिबार
Header

दशैंमा ग्यास अभाव हुने चेतावनी


प्रकाशित: आईतबार, ३१ भाद्र २०७५, १९ः१९ बजे
- महानगरखबर

काठमाडौं । नेपाल एलपि ग्यास उद्योग संघले आईतवार एक पत्रकार सम्मेलन गरेर दशैंमा ग्यास अभाव हुने चेतावनी दिएका छन् । 


सो पत्रकार सम्मेलनमा संघका अध्यक्ष गोकुल भण्डारीले भारतीय डुवानी व्यवसायीले ढुवानी भाडा समायोजन नगरे ढुवानी बन्द गर्ने चेतावनी पत्र पठाएको जानकारी दिएको दिएको थियो । 


डिजेलको मुल्य बढेकोले भाडा समायोजन गर्न भारतीय ढुवानी व्यवसायीहरुको माग रहेको जनाएको छ । 


संघका अध्यक्ष भण्डारीले सो पत्र उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई बुझाईसकेको समेत जानकारी दिएकोले सरकारको ध्यान जानुपर्ने बताए । 


नेपाली नम्बर प्लेटका ग्यास बुलेटहरु हालसम्म संचालनमा आउन नसक्दा यी समस्याउत्पन्न हुनसक्ने संघले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD