काठमाडौं । दशैंको टिकाको दिन नेपाली सेनाले वस सञ्चालन गरी सर्वसाधरणलाई सेवा दिने भएको छ ।
कार्तिक २ गते टिकाको दिन काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन एकदमै कम चल्ने भएकाले सार्वजनिक यातायातका यात्रुहरुलाई सुविधा दिने भएको हो ।
सेनाले ८ वटा रुटमा निःशुल्क बस सेवा दिने भएको छ ।
बस विहान ७ बजे, ११ बजे र दिउँसो ३ बजे भद्रकालीबाट छुट्ने छ । बस ३० सिटे हुने छ ।
बसका रुट यस प्रकार रहेको छ ।
पहिलो रुटः भद्रकाली –माइतीघर – बानेश्वर – कोटेश्वर –एकान्तकुना –बल्खु –किर्तिपुर –कलकीं –कालीमाटी –त्रिपुरेश्वर – रत्नपार्क रहेको छ ।
दोस्रो रुटः भद्रकाली –जमल –लैनचौर – नारायणगोपाल चोक –बुढानिलकण्ठ –बालाजु – सोह्रखुट्टे –कान्तिपथ –माइतीघर रहेको छ ।
तेस्रो रुटः भद्रकाली –माइतीघर – त्रिपुरेश्वर – कालीमाटी – कलङ्की – थानकोट –स्वयम्भू – छाउनी –ताहाचल –टेकु –थापाथलीमा संचानलन हुनेछ ।
चौथो रुटः भद्रकाली –माइतीघर – बानेश्वर – तिनकुने – गौशला – चावहिल – जोरपाटी – नारायणगोपाल चोक –लाजिम्पाट –कान्तिपथ –पुनःभद्रकाली फर्कने छ ।
पाँचौ रुटः भद्रकाली –थापाथली –कुपण्डोल –जावलाखेल –सातदोबाटो –चापगाउँ –सातदोबाटो तीनकुने बानेश्वर –शहिदगेटमा संचालन हुनेछ ।
छैटो रुटः भद्रकाली –दरबारमार्ग – कमलपोखरी –गौशला –चावहिल –बौद्ध –साखु –चावहिल –गौशला –तिनकुने हुँदै पुन भद्रकाली फर्कनेछ ।
सातौ रुटः भद्रकाली –माइतीघर –नयाँ बानेश्वर –पुरानो बानेश्वर –गौशला –सिनामंगल –कोटेश्वर –सुर्यविनायक –ठिमी –कोटेश्वर –माइतिघर –भद्रकाली रहेको छ ।
आठौ रुटः भन्द्रकाली –माइतीघर –कोटेश्वर –सातदोबाटो –कलङ्की –चावहिल –गौशला –तीनकुने हुँदै भद्रकाली फर्कने रहको छ ।
Categorized in राष्ट्रिय