४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

दशैंको उपहार स्वरुप दिपकको वरपर आयो


प्रकाशित: २०७५ असोज २४
- करुण

गायक दिपक बज्राचार्यले दशैंको उपहार स्वरुप आफ्ना फ्यानहरुको लागी आफ्नो नयाँ गीत वरपर सार्वजनिक गरेका छन् । दशैंको पहिलो दिन घटस्थापनामै गीतको म्यूजिक भिडियो दिपकले युट्यूब मार्फत सार्वजनिक गरेका हुन् ।
 

गायक बज्राचार्यले आवाज दिएको गीतमा संगीत पनि उनकै रहेको छ । गीतको रचना उनकै रिदम ब्यान्डका रिकि शाक्यले र संगीत संयोजन रिदम ब्यान्डको रहेको छ । गीतको भिडियोमा नम्रता श्रेष्ठले अभिनय गरेकि छन् भने छायाङ्ककन सुगत र आदित्यको रहेको छ । दृश्य सम्पादन र निर्देशन भने अनुप पौडेलले गरेका छन् ।
 

पप शैलीको गीतमा नेपाली बाजाको फ्यूजनको प्रयोग थालेका यो गीतमा दीपकले यो गीतमा कपडा बुन्ने तानले दिने तालमा प्रयोग गरेका छन् । दिपकले कपडा बुन्ने तानको तालमा यो गीत बनाएका छन् ।
 

भिडियोमा पनि तानले कपडा बुन्दै गरेको दृश्यसँगै साथीहरुको जमघटमा दशैंको उत्सव मनाईंदै गरेको दृश्य देखाइएको छ । दशैंको माहौलसँगै गीतको शुरुवातमै धुम्रपान, मध्यपान वा जुवातासलाई बढावा दिएको नभई सीमाभित्र रहेर चाड मनाउँ भन्ने सन्देश पनि दिन विर्सेका छैनन् ।
 

‘हरेक गीतमा केही नौलो दिउँ भन्ने सोच लिएर काम गर्छु । यो गीत मैले कपडा बुन्ने तानको आवाजले दिने तालमा बनाएको छु’ दिपकले भने, ‘म र मेरो टिमले सक्दो मेहनत गरेका छौं । दर्शक, श्रोताले पनि मन पराइदिनुहुनेछ भन्ने आशा छ ।’

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex