४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

दशैँ मान्न आएका १८ बर्षदेखी फरार अभियुक्त पक्राउ


प्रकाशित: बुधवार, ३१ असोज २०७५, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । दशैँ मान्न आएका दुई अभियुक्तलाई महोत्तरी प्रहरीले मंगलवार पक्राउ गरेको छ । 


लागुऔषध गाँजा कारोबार मुद्दामा १८ वर्ष र १५ वर्षदेखि फरार रहँदै आएका दुई अभियुक्तलाई महोत्तरी प्रहरीले पक्राउ गरेको हो । 


पक्राउ पर्नेमा एकडारा गाउँपालिका–३ का ५२ वर्षीय छेदी साह र ५४ वर्षीय रामनरेश यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । 


पक्राउ परेका साह विसं २०५७ कात्तिक ४ गतेका दिन आफ्नै घरमा १०१ किलो प्रतिबन्धित लागुऔषध गाँजा राखी बिक्री वितरण गर्न लागेको अवस्थामा पक्राउ परेका थिए । 


प्रहरीले उक्त गाँजा सुराकीको आधारमा छापा मारी नियन्त्रणमा लिएको थियो भने कारोबारी साह घरबाट भाग्न सफल भएका थिए । 


त्यस्तै अर्का कारोबारी यादव विसं २०६० असार २१ गतेका दिन ज१त ३२२ नं को ट्याक्टरमा बालुवा लोड गरी बालुवाभित्र २०० किलो प्रतिबन्धित लागुऔषध गाँजा तस्करी गर्न लागेको अवस्थामा प्रहरीले सुराकीको आधारमा जानकारी पाएपछि जलेश्वर–सम्सी सडकखण्डमा आरोपीले प्रहरीलाई देखेर ट्याक्टर छाडी भागेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex