१६ चैत्र २०८०, शुक्रबार
Header

दशैँ तिहारको सुपथ मूल्य पसलमा छुटैछुट


प्रकाशित: सोमबार, ८ असोज २०७५, ११ः०६ बजे
- महानगरखबर

काठमाडौं । दशै तिहारलाई लक्षित गरी सञ्चालनमा ल्याउन लागेको सुपथ मुल्य पसलमा उपभोक्तालाई छुटैछुट दिने भएको छ । 


सुपथ मूल्य पसलमा दाल, चामल, तेल, घिउ, नुन, चिनी, खसीबोका लगायतका समानमा विशेष छुट दिन लागेको हो । 


कर बाहेक चिनी प्रतिकिलो ५७ रुपियाँ पाईने भएको छ । स्वेदशमै उत्पादन भएको तेल र घीउमा प्रतिलिटर ३ रुपियाँ छुटको व्यवस्था गरेको छ । 


बाहिरबाट ल्याने तेलमा भने प्रतिलिटर ३० रुपयाँ सम्म छुट दिईने भएको छ ।


त्यसैगरी, सरकारी उद्योगबाट उत्पादन भएको मसलमा १० रुपियाँ छुट दिने भएको छ । नेपाल खाद्य संस्थानले चामलहरुमा छुटको व्यवस्था गरेको छ । 


संस्थानले सानो मन्सुली चामल ४० रुपैयाँ प्रति किलोमा उपलब्ध गराउने भएको छ । जीरा मसिनो चामल ५५ रुपैयाँ, वास्मती चामल ८१ रुपैयाँ, गोरखनाथ चामल ३८ रुपैयाँ, जापानीज चामल ७० र ७५ रुपैयाँ प्रतिकिलोमा उपलब्ध गराउने भएको छ । 


 निजी क्षेत्रका दाल, चामल उद्योग र तीनका थोक तथा खुद्रा विक्रेताले पनि दाल र चामलमा प्रति किलो ३ रुपैयाँ छुट दिने आपूर्ति मन्त्रालयले जनाएको छ ।


साल्ट ट्रेडिङ कर्पोरेशन कम्पनीले नुन प्रतिकिलो १८ रुपियाँमा उपलव्ध गराउने भएको छ । दुग्ध विकास संस्थानले घिउ प्रति किलो ८५० रुपैयाँ र पनिर प्रति किलो ६१० रुपैयाँमा उपभोक्तालाई दिनेछ । 


यही असोज १२ गते देखि सरकारले उपत्यकामा १२ वटा र उपत्यका बाहिर २४ स्थानबाट सुपथ मुल्यको पसल सञ्चालन गरी उपभोक्तलाई सेवा दिने भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD