काठमाडौँ । आजदेखि दशैँको अग्रिम टिकट खुल्ने आसमा यात्रुहरु विहानै देखि बसपार्क गएर टिकट लिन खोजपनि निकट नपाएपछि अन्यौलमा परेका छन ।
शुक्रबार बिहानै नयाँ बसपार्कमा टिकट लिन आएका यात्रुहरु रित्तै फर्केका थिए ।
यातायात व्यवस्था विभाग र यातायात व्यवसायीले लामो दूरीका सवारी साधनको आजदेखि टिकट बुकिङ खुला गर्ने भनेका कारण नयाँ बसपार्कमा टिकट लिन आएका यात्रु अग्रिम टिकट बुकिङ खुला नहुँदा रित्तो हात फर्कनुपरेको हो ।
महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख मोहनविक्रम केसीले एकबिहानै टिकट लिन टिकट लिन आएका १०/१५ यात्रु अहिलेसम्म फर्किसकेका जानकारी दिए ।
तर, विहिवार राष्ट्रिय यातायात व्यवसायी महासंघले सरकारले पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता नगरेको भन्दै आजदेखि दशैँको टिकट अग्रिम बुकिङ खुला नगर्ने घोषणा गरेका छन् ।
Categorized in समाज