२८ कार्तिक २०८३, शुक्रबार
Binod Yojesh Ram

दशवर्ष वेपता भएका बालक काठमाडौंमा भेटिए


प्रकाशित: शनिवार, २१ पुष २०७५, १०ः४० बजे
- महानगरखबर

काठमाडौं । बाजुरा जिल्लाको खापर गाउँपालिका – ३ बाट १० बर्ष अघि हराएको बालक काठमाडौंमा भेटिएपछि उनको परिवारमा खुसी छाएको छ । 


नौ वर्षको उमेरमा २०६५ भदौ १२ गते बेवारिसे अवस्थामा फेला पारिएका देवा लुहारको काठमाडौंको केन्द्रिय बालकल्याण समितिमा पालनपोषण भएको थियो ।


लुहारलाई जिल्ला बाल कल्याण समितिका तत्कालीन बालअधिकार अधिकृत सर्पलाल गिरीको पहलमा उद्धार गरी काठमाडौं ल्याएको थियो ।

 
यसैविच जिल्ला प्रशासन कार्यालय बाजुराले कोल्टीमा नागरिकता वितरणका लागि घुम्ती शिविर आयोजना गरेको थाहा पाएपछि बाजुरा घर हो भन्ने थाहा पाएका लुहार नागरिकता बनाउन काठमाडौँबाट बाजुरा आएर र नागरिकता समेत लिएका छन् ।


घरपरिवार पत्ता लागेपछि स्वामीकार्तिक–३ का वडाध्यक्ष वीरजित कट्टेल, बूढीनन्दा नगरपालिका–४ का अध्यक्ष राजन रोकाया र रेडियो बूढीनन्दाका अध्यक्ष सर्पलाल गिरीको रोहवरमा उनलाई बुवा सर्पलाल लुहारको जिम्मा लगाइएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika