८ भाद्र २०८३, सोमबार
Header

दशअवतारमा आज चारवटा अवतार प्रदर्शित


प्रकाशित: २०७५ असोज ६
- करुण

ईन्द्रजात्राको दोश्रो दिन आज दशअवतारमा चारवटा अवतार प्रदर्शन गरीयो । आज दोश्रो दिनमा मत्स्य अवतार, कछप, बराह र नरसिंह अवतार प्रदर्शन गरिएको हो । 
 

विगतमा एकदिनमा ७ देखि ८ वटा अवतार प्रदर्शन गर्ने गरीन्थ्यो । तर यसपाली भने कम मात्र प्रस्तुति प्रदर्शन भएको देखिएको छ । हिजो पहिलो दिनमा गणेश र शारदादेवी, दुइवटा प्रस्तुतिमात्र प्रदर्शन गरिएको थियो ।
 

व्यवस्थित रुपमा दशअवतार प्रदर्शन गर्ने वातावरण नभएको अवस्थामा यसपाली उपलब्ध श्रोतसाधनको सक्दो सदुपयोग गर्दै प्रदर्शनलाई टुट्नमात्र नदिएको दशअवतार कलाकार समूहले जनाएको छ ।
 

दुई दिन निरन्तर भइसकेको अवस्थामा बाँकि सबै दिन प्रदर्शनीलाई निरन्तर गर्न सकिने हो वा होइन भन्ने विषयमा अझै पनि आफुहरुले यकिनसाथ भन्न नसकिने कलाकार समूहको  भनाई छ ।
 

कलाकारहरुले यसो भनिरहँदा आम सर्वसाधारण पनि दशअवतार प्रदर्शनी निरन्तर हुने हो वा होइन भन्ने शंकामा छन् । यहि शंकाका बीच बसन्तपुरमा दशअवतार अवलोकन गर्न आउनेको भीड पनि बढेको छ ।
 

दशअवतार कलाकार समूहले पर्याप्त बजेट उपलब्ध नभएको र दीर्घकालीन योजना र व्यवस्थापनको समस्याका बीच यसको निरन्तरतामा समस्या देखाउँदै आएका छन् । दशअवतार प्रदर्शनीलाई संस्थागत गर्दै दीर्घकालीन व्यवस्थापनतर्फ अघि बढ्नुपर्ने माग कलाकारहरुले गर्दै आएका छन् ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex