१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

दलहरुद्वारा मंसिरमा उपनिर्वाचन गर्न सुझाव


प्रकाशित: विहिवार, १६ साउन २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । राजनीतिक दलका प्रतिनिधिहरुले उपनिर्वाचन मंसिरमा गर्न सुझाव दिएका छन । 


विहिवार निर्वाचन आयोगको कार्यलयमा भएको छलफलमा सहभागीहरुले रिक्त रहेका ४७ स्थानमा आगामी मंसिरमा निर्वाचन गर्नुपर्ने सुझाव दिएको हो । 


विभिन्न कारणले जनप्रतिनिधिविहीन भएका स्थानमा हुन लागेको उपनिर्वाचनमो मिति तय गर्न बसेको बैठकले निर्वाचनमा बिद्यूतीय भोटिङ मेसिन प्रयोग गर्न समेत सुझाव दिएका छन । 


समाजवादी पार्टीका नेता डा. शिवजी यादव आयोगलाई बिद्युतीय मेसिनको प्रयोग उपयोगी हुने बताएका थिए भने आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले दलहरूले निर्वाचन आचारसंहिता कडाईका साथ पालना गर्नुपर्नेमा समेत जोड दिएको थिए । 


आयोगले उपनिर्वाचनबारे छलफल गर्न १८ दलका प्रतिनिधिलाई बोलाएको थियो । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का प्रल्हाद बुढाथोकी, नेपाली कांग्रेसका रमेश लेखक, समाजवादी पार्टीका डा. यादव सहभागी भएका थिए । 


त्यसैगरी राष्ट्रिय जनता पार्टीका अनिल झा, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशीलकुमार श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी लगायतका नेताहरूको सहभागिता रहेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex