१९ बैशाख २०८१, बुधबार
Header

दर्ता नभएमा मोवाईल बैध बनाउन २ सयदेखि १० हजारसम्म लाग्ने


प्रकाशित: सोमवार, १५ जेठ २०८०, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । विदेशबाट साथीभाई तथा आफन्तले पठाएको मोवाईललाई कर तिरेर बैध बनाउन सकिने व्यवस्था गरेको छ । 


सोमवार अर्थमन्त्री डा. प्रकाशरण महतले प्रस्तुत गरेका आ.व. २०८०/०८१ बजेटमा आर्थिक ऐन २०८० मा मोबाईल फोन दता सम्बन्धी व्यवस्थामा सो व्यवस्था गरेको छ । 


जेठ १५, २०८० सम्म नेपाल प्रयोग रहेको र दर्ता नभएका मोवाईललाई बैध बनाउन करको व्यवस्था गरेको हो । 


सो अनुसार आगामी असार मसान्तसम्म मोवाईल फोनको आईएएमआई नम्बर समेत उल्लेख गरी सरकारले तोकेका कर तिरेर मोवाईल बैध बनाउन सकिने छ ।


आइफोन र एक लाख रुपैयाँ भन्दा बढी मूल्यका फोनका लागि प्रति फोनसेट दश हजार रुपैयाँ, अन्य स्मार्ट फोन सेटका लागि प्रति फोनसेट तीन हजार रुपैयाँ र स्मार्ट मोबाइल फोनसेट बाहेकका अन्य साधारण मोबाइल फोनसेटका लागि प्रति फोनसेट दुई सय रुपैयाँ एकमुष्ट महसुल बापत नेपाल सरकार, अर्थ मन्त्रालयले तोकिदिएको राजस्व खातामा बुझाउन सकिने आर्थिक विधेयकमा व्यवस्था छ ।


नेपालमा प्रयोगमा रहेका करिब ५० लाख फोनलाई कर तिरेर वैध बनाउने सक्ने व्यवस्था गरेको हो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD