काठमाडौं । विश्वव्यापी रुपमा ख्याती कमाएको चीनियाँ अनलाईन व्यापार कम्पनी अलिबाबाले दराजडटकम किनेको छ ।
नेपालमा पनि अनलाईन कारोबार गरिरहेको रकेट इन्टरनेटले सञ्चालन गरेको दराजडटकमका सबै शेयर अलिबाबाले खरिद गरेको टेकक्रन्चको वेबसाइटमा उल्लेख गरेको छ ।
सन् २०१२ मा स्थापना भएको दराजडटकमले दक्षिण एशियाको पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका र म्यानमारमा अनलाईन व्यापार संचालन गर्दै आएको छ ।
राजडटकम लाई चिनियाँ जायन्ट अलिबाबाले किनेको किनेको रकेट इन्टरनेट कम्पनीले समेत पुष्टि गरेको छ ।
दक्षिण एशियामा प्रवेश गर्न बाटो खोजिरहेको अलिबाबाले दराजलाई किनेर कारोबार सुरु गर्न लागेको ब्लुमबर्गको प्रतिवेदनमा उल्लेख छ ।
Categorized in राष्ट्रिय